कांग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । कुल ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउादा विश्व प्रकाशले १९८४ मत पाएका छन् ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । शेरबहादुर देउवाको प्यानलबाट प्रकाश शरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । महत र पौडेल दुबै महामन्त्रीमा पराजित भएका छन् । महतले १५५६ र पौडेलले १३९३ मत प्राप्त गरेका छन् ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् ।






















