महिला हिंसा न्यूनिकरण गतिविधीको समिक्षा तथा पत्रकार भेटघाट सम्पन्न

खबरपथ संवाददाता
९ पुष २०७८, शुक्रबार १९:४६

दाङ। तुलसीपुर वडा नं १२ मा बर्ष २०२१ मा महिला हिँसा न्युनिकरणको लागि गरिएका गतिविधीहरुको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार तुलसीपुर उप महानगर पालिका वडा नं १२ हरीपौरीको आयोजना तथा महिला पुनस्थापना केन्द्र ओरेक दाङ्को लागत साझेदारीमा बर्ष २०२१ मा तुलसीपुर वडा नं १२ मा महिला हिँसा न्युनिकरणको लागि गरिएका गतिविधीहरुको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

तुलसीपुर वडा नं १२ का अध्यक्ष सूर्य बहादुर डाँगीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा वडाका सम्पुर्ण जन प्रतिनिधीहरु, कर्मचारीहरु, नवगठित महिला समुहका अध्यक्षहरु एवम पत्रकारहरुका बिच समिक्षा कार्यक्रम गरिएको थियो । कार्यक्रममा २०२१ मा ओरेक र वडा कार्यालयले महिला हिँसा न्युनिकरणका लागि गरिएको कार्यक्रमहरुको बजेट सहित विस्तृत विवरण प्रस्तुत गरिएको थियो । करिब ४ लाख बराबरको आर्थिक लागत साझेदारीमा यो बर्ष स्थानिय योजना तर्जुमाका बारेमा सामुदायिक संघसंस्थाका प्रतिनिधी, महिला संजाल, टोल विकास समिती लगायतलाई अभिमुखीकरण कार्यक्रम, लैङ्गिक हिँसा तथा महिला माथि हुने हिँसा रोकथामको लागि स्थानिय सरकारको भुमिका विषयक अन्तरकृया कार्यक्रम, स्थानिय तहको कार्ययोजना तथा कार्यक्रमहरु, विधमान कानुनी प्रावधान र नितीहरुका बारेमा अभिमुखीकरण कार्यक्रम, समुह गठन तथा पुनः गठन, लैँगिक हिँसा संवेदनशिलता सम्बन्धी २ दिने तालिम, विधार्थी मेला २०७८, बेस लाईन सर्बे, हानिकारक परम्परागत अभ्यास न्युनिकरणमा महिला स्वास्थ्य परामर्शकर्ता, टोल अध्यक्ष र महिला सदस्यहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम, महिला माथि हुने हिँसा न्युनिकररणको लागि सरकारको जवाफ देहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु यो बर्ष गरिएको महिला पुनस्थापना केन्द्र (ओरेक) दाङकी कार्यक्रम अधिकृत शुष्मा छिनालले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष डाँगीले आगामी बर्षहरुमा पनि थप प्रभावकारी रुपमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*