माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न
खबरपथ संवाददाता
१८ पुष २०७८, आईतवार २०:२२
काठमाण्डौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए ।
प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ। माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ । माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा बसेको थियो । @रातोपाटीबाट साभार






















