काँग्रेसले राष्ट्रियसभा सदस्यको लागी लगायो उम्मेदवारको टुंगो

खबरपथ संवाददाता
१९ पुष २०७८, सोमबार २०:२०

काठमाण्डौं । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यकोे निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*