एमालेले राष्ट्रियसभा सदस्यको लागी लगायो १९ उम्मेदवारको टुंगो
बुटवल । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यकोे निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको बैठकले सातै प्रदेशका क्लस्टर अनुसार १९ जना उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । आगामी फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ ।
उम्मेदवारहरू :–
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सुदूरपश्चिम
खुलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)






















