एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको लागी लगायो उम्मेदवारको टुंगो

खबरपथ संवाददाता
१९ पुष २०७८, सोमबार २०:५५

काठमाण्डौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

पाँच दलीय सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । समाजवादीका उम्मेदवारहरुमा प्रदेश–१ मा जयन्ती राई (महिला) र बागमतीबाट गोमा तिमल्सिना (महिला) छन् ।

यस्तै, लुम्बिनीबाट राजेन्द्र लक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदन कुमारी (गरिमा) शाह (महिला) छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ ।

यसमा सत्तारूढ गठबन्धनले साँझा उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा (एमाले) ले १९ वटै सीटमा उम्मेदवार चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*