च्याउ कृषकहरुको राष्ट्रिय सम्मेलन सम्पन्न
बुटवल । नेपाल राष्ट्रिय च्याउ उत्पादक कृषक संघको राष्ट्रिय अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । प्रत्येक प्रदेशका प्रदेश अध्यक्षहरु स्वत: राष्ट्रिय उपाध्यक्ष हुने संघको बिधान अनुसार अधिवेशनले ७ जना उपाध्यक्ष चयन गरेको छ । जसमा बागमती र लुम्बिनी प्रदेशबाट क्रमश उमेश गौतम र कृष्ण राज पोख्रेल उपाध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले बिकास रिमाललाई महासचिवमा निर्वाचित गरेको छ। त्यस्तै अधिवेशनबाट पाल्पाको बृन्दाबनमा बिगत एक दशकदेखि च्याउ उत्पादन गर्दै आएका नीर प्रशाद पुडासैनी ( निरेश) केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । हेटौंडा, चितवन, रुपन्देही र पाल्पामा च्याउ फर्म सन्चालन गर्दै आउनु भएका युवा कृषक पुडासैनी बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । सोही प्रदेशबाट धर्मेन्द्र खेम्कापनी केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । यता लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केशव कार्कि, सन्तोष घिमिरे र पदमी कला बम केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।





















