मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।
मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भए पछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।
प्रदेश सभामा सोमबारै भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका छन् ।