दारी ग्याङ पाल्पाले गर्यो बिपन्न परिवारलाई खाद्य समाग्री सहयोग
पाल्पा । विभिन्न सामाजिक काम गर्दै आएको सामाजिक सस्था दारी ग्याङ्ग पाल्पाले तानपा ३ बसन्तपुरका ५० बर्षिय सरोज जङ राणाको परिवारलाई करिब पाँच हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । खाद्य सामग्री प्रदान गर्दे दारी ग्याङ्ग पाल्पाका सकृय सदस्य सुमन गैरेले आगामी दिनमा पनि नियमित रुपमा सामाजिक कार्य गर्दै जाने बताउनुभयो ।

राणाको परिवारमा दुई छोरा , एक छोरी र श्रीमती छन जस मध्य एक छोरा पुर्ण अपांग छन र आफु स्वयम पनि विभिन्न रोगले लामो समय देखि पिडित छन ।

दारी ग्याङले बिगत देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । दारी ग्याङ नेपालका ४७ जिल्लाका ५२ स्थानमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।






















