आजको संसद बैठक स्थगित,अर्को बैठक आइतबार बस्ने
खबरपथ संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार १६:२५
काठमाण्डौं । संसदको बैठक आजको लागी स्थगित गरिएको छ । सरकारको आग्रहपछि बैठक स्थगित भएको हो। संसदको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ ।
संसदको प्रक्रिया अनुसार अहिले टेबल भएको एमसिसीमा पहिला सैद्धान्तिक छलफल हुन्छ। जसमा एमसिसीका सिद्धान्त तथा सम्झौता ठिकरबेठिक भएको विषयमा छलफल हुन्छ।
छलफलमा उठेका प्रश्नमा अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जवाफ दिनेछन्। त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्छन्। सभामुखले स्वीकृतिका लागि पेस गर्दा सामान्यतया ध्वनी मत गराउँछन्।






















