बुद्धभुमी नगरपालिकामा पाचौ मेयर कप र राष्ट्रपति रनिङ शील्ड सुरु

किरनमान बज्राचार्य
१८ फाल्गुन २०७८, बुधबार २०:०५

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी खेल मैदानमा आयोजित पाचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको बिधिवत उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिकामा  भईरहको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाईरहेको बताईन ।

उनले यही अवसर मार्फत आफनो प्रतिभा देखाउदै पालिका र जिल्ला कै नाम उचो राख्ने काम समेत खलाडीहरुले गरेको बताईन । उनले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुद सहीत पुर्वाधार , पर्यटन लागतयतका क्षेत्रमा अन्य जिल्ला भन्दा बढी बजेट बिनियोजन गरेको बताईन ।

सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफनो कार्यकाल सकिन लाग्दा पाचौ बर्ष सम्म जारी रहेको यी प्रतियोगीताले खेलाडीहरुले के कस्तो लाभ पाए त्यस्को मुल्यांक गर्ने बेला आएको बताए । उनले नगरपालिकाले खेल क्षेत्रलाई सूरु देखि नै प्राथमिकतामा राखेको भन्दै जसले गर्दा यहाका खेलाडीले राष्ट्रिय स्तरमा समेत राम्रो प्रर्दशन गरेको बताए । पालिमा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफनो प्रतिभा समेत देखाउने मौका पाएको उनले बताए ।

कक्षा ८ सम्म आधारभुत तहको मेयर कप र नौ देखि १२ सम्मको राष्ट्रपनि रनिङ शील्ड फागनु २१ सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए । प्रतियोगीतमा एथलेटिक्स, भलीबल लगातयका खेल हुनेछन ।

मेयर श्रेष्ठको अध्यक्षता, शिक्षा शाखा प्रमुख भट्टराईको संचालनमा भएको कार्यक्रममा कांग्रेस नगर अध्यक्ष माधव दामासे, एमाले नगर अध्यक्ष देबीराम बेल्बासे, प्रशासन प्रमुख राजन कुमार पोख्रेल लागतयले शुभकामना मन्तब्य दिएका थिए । उदघाटन सत्रमा सहभागी बिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै, नृत्यु, करातको काता प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा उप मेयर मीरा थारु बिभिन्न राजनितीदलका नेता, सामाजिक ब्यक्तित्वहरुको समेत सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*