८५ हजार किलो मिटर पैदल यात्रा तय गरी बुद्धनगरी प्राचिन कपिलवस्तु आईपुगे भद्रमुनी
कपिलवस्तु । आफनो जीवनकालमा ८५ हजार किलोमिटर यात्रा तय गरेका जैन धर्मका साधक नेपाल केशरी डाक्टर मणि भद्रमुनी महाराज प्राचिन कपिलवस्तु आई पुगेका छन । सर्वदय शान्ति पद यात्राकोक्रमा उनी प्राचिन कपिलवुस्तु आएका हुन । नेपालको पोखरा– बुटवल– भैरहवा हुदै लुम्बिनी पुगेर उनी बुद्धनगरी तौलिहवा आई पुगेका हुन ।
१५ बर्ष उमेरमा भारतको मेरठमा गई जैन धर्ममा लागको ५५ बर्षिय भद्रमुनी त्यस यता ४० बर्ष देखि बिना कुनै साधन प्रयोग गरी पैदल यात्रा नै गदै आएको बताउछन । उनीसंग सहायक बिराना मुनी महराज पनि अहिलको यात्रामा सरिक छन । जैन धर्ममा एक ठाउबाट अर्को ठाउमा जान साधन प्रयोग नगरी पैदल मात्र हिडनु पर्ने नियम छ ।
स्याङजाको फेदीखोला ४ अरुखर्कका भद्रमुनी ब्रम्हण परिवारका हुन । १४ बर्षको उमेरका मेरड गइ जैन धर्ममा लाग्न खोज्दा उनलाई त्यहाबाट उनका बुवाले स्याङग्जा फर्काएर ल्याएका थिए । एक बर्ष पछि फेरी मेरठ पुगी उनले जैन धमै आगाल्दै आएका छन । मानव मिलन संस्थाका सस्थापक भद्रमुनीले सेवा नै सबै भन्दा ठुलो धर्म भएको बताए । उनले समाजमा रहेको संस्कृति र सुख दुःख नजिकबाट नियाल्न एक मात्र पैदल यात्रा रहेको उनी बताउछन । पैदल यात्रा गरेपछि मानिस र समाजका धेरै कुराहरु नजिकबाट थाहा हुने उनले बताए । उनले भारतको कन्याकुमारी कश्मिर, गोहाटी, सिलोन सहीत भारतका २५ राज्यको समेत पैदल यात्रा सम्पन्न गरी सकेका बताउछन ।
भुटान नेपालको २ पटक यात्रा गरी सकेका छन । यस्तै मुक्तिनाथको समेत पैदल यात्रा गरी सकेका उनी प्राचिन कपिलवस्तु भने पहिलो पटक आएको बताउछन । आफुले ३० बर्ष चप्पल नलागई र त्यस पछि १० बर्ष भने चप्पल लगाएर पैदल यात्रा गरेको उनले बताए । जैन धर्ममा भगवान मानिएका महाबीरले समेत साधन गरेको क्षेत्रकोरुपमा प्राचिन कपिलस्तुको चर्चा गरेको भद्रमुनी बताउछन । ‘ ३ वटा बुद्धको जन्म र कर्मथलोमा पाईृला टेक्न पाउदा निकै शान्ति मिलेको छ ’ उनले भने ।
मानव समेत नै सबै भन्दा ठुला धर्म रहेको भन्दै उनले कुनै पनि धर्ममा अहिंसा र परोपकार नै महत्तपूर्ण कुरा भएको बताउछन । आजीवन ब्रम्हचारी समेत रहेको उनी तौलिहवा हुदै चन्द्रौ्रटा, दाङको लम्ही, नेपालगंज महेन्द्रनगर हुदै भारतीय सीमामा प्रबेश गर्ने बताउछन ।
प्राचिन कपिलवस्तुको जमुहामा भारतकालागि नेपाली पुर्वराजदुत तथा कांग्रेस नेता दीप कुमार उपाध्यायले भद्रमुनीको स्वागत गरेका थिए । तौलिहवाको होटलमलापामा बसेर उनले दिक्षा समेत दिएका थिए ।





















