राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमाको बिस्तारित बैठक
तिलोत्तमा । राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटीको प्रथम बिस्तारीत बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीले स्थानीय तहको निर्वाचन नजीकै आइरहेको भन्दै निर्वाचनमा पार्टीलाई विजयी गराउन युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले निर्वाचनबारे अझै पनि आशंका उब्जने खालका अभिव्यक्ति सत्तारुढ दलका नेताहरुबाटै आउने गरेको भन्दै सत्ता गठबन्धन निरंकुशतातर्फ उन्मुख हुँदै गएको आरोप लगाए ।
राष्टिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा बसेको बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाई, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, पार्टी रुपन्देही जिल्ला कमिटी सचिव यज्ञ गैरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य केशव रोक्का, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष एवं एमाले रुपन्देही जिल्ला कमिटी सदस्य मनोज गौचन, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं तिलोत्तमा सह– ईन्चार्ज सुरेन्द्र एमाले रुपन्देही जिल्ला सदस्य केशब गौतम, तिलोत्तमा नगर अध्यक्ष तामानाथ पाण्डेय, नगर उपाध्यक्ष नेत्रलाल बन, नगर सचिव मिन प्रसाद पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै बैठकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यालय सदस्य एवं तिलोत्तमा ईन्चार्ज ईश्वर न्यौपाने, रम्भा घिमिरे, मन बहादुर गुरुङ, समुन्द्र श्रेष्ठ, कृष्ण कुमाल, राष्ट्रिय युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य रिङ्कु दर्लामी मगर, राष्ट्रिय युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य, राज कुमार क्षेत्री, साईबर सर्कल केन्द्रीय सदस्य शंकर पाण्डेय, नेकपा एमाले तिलोत्तमा नगर सदस्य युवा ईन्चार्ज सन्तोष केसी, तिलोत्तमा नगर सदस्य सतिस सापकोटा, युवराज पराजुली, सन्जय माली, शिव पोखरेल, युवराज रिमाल लगायतले पनि बैठकमा विभिन्न सुझाव दिएका थिए ।
त्यस अवसरमा नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका गणेश सापकोटालाई स्वागत गरिएको थियो ।






















