जिम्बावेबिरुद्द टी-२० का लागि नेपाली टिम घोषणा

खबरपथ संवाददाता
१७ बैशाख २०७९, शनिबार २०:३२

काठमाडौं  । जिम्बावे ‘ए’ विरुद्धको टी(२० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले घरेलु मैदानमा जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।

यसअघि नेपालले जिम्बावेविरुद्ध पहिले एकदिवसीय शृंखलाको खेल्ने तालिका रहे पनि वर्षाका कारण आज हुने तय भएको पहिलो खेल स्थगित भएको थियो ।

यसैकारण नेपाल क्रिकेट संघ ९क्यान० ले शृंखलाको नयाँ तालिका बनाएको थियो । जसमा दुई टोलीले सुरुमा ट्वान्टी २० शृंखला खेल्ने तय गरिएको थियो ।

नेपालले पहिलो पटक टेस्ट मान्यता राष्ट्रको टोलीविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

ट्वान्टी २० शृंखलाका लागि घोषित नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, अविनास बोहरा, सागर ढकाल, साहब आलम, किशोर महत्तो, विवेक यादव, बसिर अहमेद, लोकश बम र भिम कार्की

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*