राष्ट्रिय जनमोर्चा रुपन्देहीको चुुुुुुुुुुुनावी प्रतिबद्धतापत्र सार्वजनिक
बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी ३१ बुंदे चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको हो । राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्वता पत्रमा गणतत्रन्त्र,राष्ट्रियताको रक्षा, संघीयता र एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीका स्थानीय तहहरुमा उम्मेदवारी दिएको उल्लेख गरिएको छ । स्थानीय स्वशासनलाई संविधानमै मौलिक हकका रुपमा स्थापित गर्न र प्रदेश संरचनाको खारेजी गरी प्रदेशको अधिकार स्थानीय तहमा हस्तान्त्रण गराउन स्थानीय तहको चुनावमा भाग लिएको प्रतिवद्वता पत्रमा उल्लेख छ ।
त्यस्तै संविधानमा उल्लेखित जनताको मौलिक हक अधिकार व्यवहारमा लागु गर्न, स्वास्थ्य संस्थाहरुको स्तरउन्नती गरी निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न, गाउं, नगरको विकासका साथै सर्वाङिण विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति लागु गरिने राष्ट्रिय जनमोर्चाले बताएको छ । फोहोरको उचित व्यवस्थापन,शुद्व खानेपानीको पहुंच जनतामा पुराउने, नदीजन्य पद्वार्थको जथाभावी उत्खनन् नियन्त्रण गरिने, विद्युत तथा इन्धन आपूर्ति र अपराध नियन्त्रण र ट्राफिक नियमको उचित व्यवस्थापन गरिने छ ।
स्थानीय तहसम्म मौलाउंदै गएको भ्रष्टाचार, महङी, लागु औषधको नियन्त्रण, हत्या, हिंंसा, बलत्कार, छुवाछुत, कुप्रथाको अनत्य गर्न र जेष्ठ नागरिकको संरक्षण, उचित स्वास्थ्य सेवाको व्यवस्था व्यवस्था गरिने राष्ट्रिय जनमोर्चाको चुनावी प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ । विकासका नाममा हुने अनियमितता रोक्न, भूमिहिन र अव्यवस्थित बसोवासको समस्यालाई सधैका लागि अन्त्य गरी जग्गाधनी पूर्जा वितरण गरिने प्रतिवद्वता जनाइएको छ ।
त्यस्तै जीवन उपयोगी निःशुल्क शिक्षाको व्यवस्था गरिने र कृषि, पर्यटनको उचित विकास गरी सहकारी मार्फत कृषि उत्पादन, साना उद्योगहरुलाई प्रोत्सान गर्ने र विदेशी आयतलाई प्रतिस्थापन गरी स्थानीय सरकारको आर्थिक विकास गरिने छ । जनताबाट निर्वाचित प्रतिनिधिले जनताको हित विपरित कार्य गरेमा फिर्ता बोलाउन पाउने पाउने अधिकार सुनिश्चित गरिने राष्ट्रिय जनमोर्चा रुपन्देहीका उम्मेदवाहरुले प्रतिवद्वता जनाएका छन् ।
पांच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले रुपन्देहीका विभिन्न स्थानीय तहमा ७८ जना जनप्रतिनिधि उम्मेदवार बनेका छन् । बद्रे आलमको अध्यक्षता र गंगालाल सापकोटाको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।






















