ज्योतिनगरबासी भन्छन् : हाम्रो भोट गठबन्धनलाई

खबरपथ संवाददाता
१९ बैशाख २०७९, सोमबार २०:०८

बुटवल । बुटवलको ज्योतिनगर क्षेत्रका पहिरोपीडित जनताले बुटवल उपमहानगरपालिकाले आफुहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन ।
पाचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताए ।
स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न आग्रह गरेकी थिइन् ।


उनले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताइन् ।
स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै एमालेलाई यसपटक हराउनुपर्ने बताए ।
स्थानीय मञ्जु भण्डारीले धेरै वर्षदेखि अरु पार्टीलाई भोट दिएपनि यसपटक भने कांग्रेसलाई भोट दिने बताइन् । उनले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेकाले यसपटक कांग्रेसलाई भोट दिने बताइन् ।


उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरे पश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको बताए ।
पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने बताए ।
उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए ।
सो क्षेत्रका एमालेमा असन्तुष्ट व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*