भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार ११:२१

काठमाडौं। गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगर पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् ।

गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा लगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए ।

चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो ।

गठबन्धनको तर्फबाट पूर्वमहानगर प्रमुख समेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओावादी अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् ।

उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रिय सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*