गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार १५:३५

चितवन । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्।

भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहना अनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथ अघि बढाउने जमर्को गरेको जानकारी दिइन् ।

गठबन्धनको निरन्तरता आवश्यक रहेको दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*