गृहमन्त्रीसहित उम्मेदवारद्धारा बैदिक पुुजा : ‘धार्मीक सहिष्णुुता आजको आवश्यकता’

खबरपथ संवाददाता
२४ बैशाख २०७९, शनिबार १४:३८

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले शनिवार बिहान भैरहवाको नारायणस्थान मन्दिरमा बैदिक पराम्परा अनुसार पुर्जा अर्चना गरेका छन् ।
गृहमन्त्रीसहित सिद्धार्थनगरका गठबन्धनका उम्मेदवार कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईस्तियाक अहमद खान, माओबादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार कमला थापा लगायत भ्रदभलाद्मीहरुले बैदिक परम्परा अनुसार पुजा गर्दै विश्व शान्ति, देस तथा नगरबासिको सुख, समृद्धीको कामना गर्दै पुुजा अर्चना गरेका हुन् । सो अवसरमा बोल्दै गृहमन्त्रि खाणले देसबिकासका लागि सवै जातजाती, धर्म, संस्कृती भन्दा माथी उठेर लाग्नुु पर्ने बताए ।

उनले सवै जात, जाती, धर्म, संस्कृतीको आफ्नै बिषेस खाले परम्परा रहेको भन्दै सवै धर्मालम्वीहरुले एकले अर्कालाई सम्मान गर्नुुपर्ने बताए । धर्म, जातजाती, क्षेत्रीयता, लैङ्गीयता, भाषाका आधारमा कसैले राजनीती वा समाजलाई बिभाजन गर्न खोज्छ भन्ने त्यसलाई सिमित ब्यक्तीलाई फाईदा पुर्याए पनि आमनागरीकलाई बेफाईदा पुुर्याउने उनले बताए । यस्ता क्रिर्याकलाप समाजीक र कानुनि रुपमा समेत बर्जीत रहेको उनले बताए । यदि कसैले समाज र कानुुन बिपरीतका यस्ता गतिवीधी गर्छ भने आमनागरीक बेलैमा सचेत हुनुु पर्नेमा उनले जोड दिए ।

मेयर पदका उम्मेदवार खानले सवै धर्म, जातजाती प्रति आफ्नो उच्च सम्मान रहेको बताए । उनले जातजाती, धर्म, संस्कृतीको आधारमा समाज बिभाजीत हुुन नहुुने भन्दै बिकास र समृद्धीका लागी सवैले हातेमालो गरेर अगाडी बढ्नुु पर्नेमा जोड दिए ।
‘कतिपय अवस्थामा हाम्रो समाज अझै पनि जातजाति, धर्मसंस्कृतिका आस्थाका आधारमा विभाजित छ, यसले हाम्रो समाजलाई राम्रो होइन्, नराम्रो बाटोतिर डोर्याउँछ’, उनले भने, ‘हामीले सबैको आस्थालाई सम्मान गर्दै समाज र मुलुक रुपान्तरणमा लाग्नुपर्छ । तब मात्रै विकसित र समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*