रुपन्देहीमा गठबन्धनको जित कसैले रोक्न सक्दैन : रामकृष्ण खाँण

खबरपथ संवाददाता
२४ बैशाख २०७९, शनिबार २२:०३

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले रुपन्देहीमा गठबन्धनदलका उम्मेदबार बिजयी नजिक पुगेको बताएका छन् । उनले अन्य पार्टी पार्टी परिवर्तन गरेर गठबन्धनमा होमिनेहरु दैनिक रुपमा बढ्दै गएको र घरदैलोमा पुग्दा मतदाता गठबन्धन प्रति उत्साहित भएको पाइएको बताए । उनले रुपन्देहीमा गठबन्धनको जित पक्का रहेको बताए ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै उनले अब आफुहरुको जितलाइ कसैले रोक्न नसक्ने दाबि गरे ।
रुपन्देहीको तिलोत्तमा नगरका मेयरका दाबेदार रहेका उनले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाए ।
तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताए । उनले यस अघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जिते पछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताए ।
उनले नगरमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार ,कृषि लगायतका जनताका एजेन्डा अगाडी सारिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*