बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नु : गृहमन्त्री बालकृष्ण खांण

खबरपथ संवाददाता
२४ बैशाख २०७९, शनिबार २२:१०

बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्ने पार्टी एमालेलाइ भोट नदिन आग्रह गर्नु भएको छ । बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताउनुभयो ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको आरोप लगाउनु भयो ।
उहाले भन्नुभयो – ‘यसअघि स्थायी राजधानी बुटवल नै बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’
उहाले एमाले उपाध्यक्ष विष्णु पौडेल प्रति कटाक्ष गर्दै सुकुम्बासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाउनुभयो । ‘सुकुम्बासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?’ खाँणले भन्नुभयो– ‘सुकुम्बासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र होइन काठमाडौंमा पनि ।’
उहांले नेपाली राजनीतिमा शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताउनुभयो । उहाले रुपन्देही सहित देशभर गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयो ।
रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो । तिलोत्तमामा रामकृष्ण खांण नेतृत्वलाइ बिजयी गराउन उहाको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*