रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा नेपाली कांग्रेस विजयी

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार ०९:०१

बुटवल। गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका राम प्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ मा कांग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसकै बावुराम खत्रीले ४८७, वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन् ।

रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*