सैनामैना नगरपालिकामा एमालेको अग्रता
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार ०९:३०
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्र प्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मान बहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।






















