यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना, हेर्नुहोस् तस्बिरमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । बिहीबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ ।
राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
यो समाचार तयार पार्दा सम्म बालेनले २१३ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले १५९ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने १४८ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।
तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् ।































