काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार १९:०५
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।
महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह / स्वतन्त्र – ४०२, सिर्जना सिंह/ कांग्रेस- २०२, केशव स्थापित / एमाले- ३१९ पाएका छन् ।
उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२० मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।






















