८५ मतदान केन्द्रमा मतदान स्थगित
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार २३:३७
काठमाडौं। देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रे लगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।






















