सैनामैना १ को वडा अध्यक्षमा गठबन्धनका थापा विजयी
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. मा काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सैनामैना १ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट भुवनसिंह थापा निर्वाचित भएका हुन । माओवादी केन्द्रबाट उम्मेद्वार बनेका उनले २ हजार ३९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालका उम्मेदवारले २ हजार १६९ मत प्राप्त गरे ।
सैनामैनामा ५ हजार ८० मत गणना हुँदा मेयरमा काँग्रेसका फणेन्द्र शर्माले २ हजार २१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । एमालेका चित्रबहादुर कार्कीले १ हजार ९४१ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका नारायण महतले २ हजार ३०२ मत प्राप्त गर्दा एमालेकी बिना रानाले २ हजार ११० मत प्राप्त गरेकी छन् ।






















