एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

खबरपथ संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १८:१४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।न्युज कारखानासँग बोल्दै अध्यक्ष शेर्पाले भने, ‘भोलि (शुक्रबार) अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने ।

यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रूपमा निर्वाचित भएका थिए ।

तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्द्वी रूपमा उत्रने तयारी गरेका छन् । उनले भने हालसम्म घोषणा गरेका छैनन् ।

एन्फा चुनाव आगामी ६ असारमा हुँदैछ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*