भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

खबरपथ संवाददाता
७ जेष्ठ २०७९, शनिबार ११:२८

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणाम अनुसार उनी आफ्ना प्रतिद्वन्द्वी भन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*