धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

खबरपथ संवाददाता
८ जेष्ठ २०७९, आईतवार १७:३९

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*