यु-१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम
खबरपथ संवाददाता
१० जेष्ठ २०७९, मंगलवार १३:२६
काठमाडौं। एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेका छ ।
एसियाली फुटबल महासंघ ९एएफसी०ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् ।
समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ ।
यस्तै तेस्रो तथा अन्तिम खेल २३ असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ ।






















