राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज अन्तिम साता

खबरपथ संवाददाता
१० जेष्ठ २०७९, मंगलवार १५:२०

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो ।

नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए । रमेश सुवेदी र न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*