माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

खबरपथ संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार २२:१०

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिवल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ ।

बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्‍यो ।

सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्‍यो ।

स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् ।

कामना सम्मिलित पुलिस क्लबले आज क्लब इग्लेसको सामना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*