तिलोत्तमा ५ का अध्यक्ष डुम्रेद्धारा पदभार ग्रहण
तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा न. ५ का अध्यक्ष रमेश डुम्रेले आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको छ । डुम्रेसंग सदस्यहरु धर्मादेवि न्यौपाने,हरि पन्थ,प्रमिला सुनार र हिरा गिरिले समेत पदभार लिनु भएको छ । पदभार लिएसंगै वडाध्यक्ष डुम्रेले अब वडाभित्रका सम्पूर्ण व्यक्तिगत घटना दर्ताका लागि वडावासी वडा कार्यालय धाउन नपरोस् भनी नागरिकको घरदैलोबाट नै उक्त सुबिधा दिने बताउनु भयो ।
त्यसैगरि डुम्रेले प्रतिबद्धता पत्रमा समावेश गरिएका विषयहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने दाबी गर्नुभयो । कार्यालय पुग्दा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वडा सचिव टीकाराम अर्याल लगायतका कर्मचारीले स्वागत गरेका थिए ।





















