जितलाई विजय भन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर बालेन

खबरपथ संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार २०:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।

उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन्
उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*