प्रचण्डले काठमाडौं र धरानका मेयरलाई भने – उहाँहरू सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रकाे फूल हुनुहुन्छ

खबरपथ संवाददाता
१४ जेष्ठ २०७९, शनिबार १७:४७

काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।

दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे ।

उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।

संसद्‍मा प्रस्तुत सरकारक वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।

उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*