बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १५:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् । केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पालिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए । नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उनले यस्तो भ्रममा नपर्न आग्रह गरे ।

उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धरानका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए । यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई हामीले सबकका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*