राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, पूर्वअध्यक्षरू जबरा र लोहनी सहभागी

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १५:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द भने बैठक स्थलमा पुगेका छैनन् । पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए ।

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*