पोखरा महानगर कार्यपालिकामा एमाले प्यानल नै विजयी

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १९:०५

पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेद्धवार विजयी भएका हुन् ।

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए ।

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*