यु १९ महिला विश्वकप छनोट: नेपालले भोलि कतारविरुद्ध खेल्ने

खबरपथ संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार २१:२९

काठमाडौं । यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ ।

प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ ।

शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालले शनिबार युएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनीषा उपाध्याय, अञ्जलि बिक, मनीषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुषाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*