चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार ०८:३२

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विद्येयक २०७९ को विभिन्‍न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे छफल हुने भएको हो ।

बैठकमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्चा कटौटीको प्रस्ताव पेस गर्ने भएकी छिन् ।

अर्का सांसद डा. सूर्यप्रसाद पाठकले विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्दै अर्को प्रस्ताव प्रस्तुत गर्ने भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*