नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार २२:०४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।

ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।

अन्तिम ११ : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*