व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे

खबरपथ संवाददाता
२९ जेष्ठ २०७९, आईतवार १६:०९

भक्तपुर । ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् ।

उनले व्यवस्थापन गतिलो नहुँंदा देशको विकासले गति लिन नसकेको बताए । मोहियानी हक नदिइ कमैयाँ मुक्त गर्दा कमैयाहरूले खान नपाई फेरि कमैया नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँंदै उनले सरकारमा बसेकाहरूले व्यवस्थापन नबुझ्दा यो समस्या पटकपटक आउने गरेको उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा। रामकमार फुयाँल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा।डा। ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठल गायतले व्यवस्थापनको महत्वबारे चर्चा गरे ।

आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुईवटा टेक्निकल सेसन हुने बताए । दोस्रो दिन चारवटा टेक्निकल सेसन हुने उनको भनाइ छ ।

पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. ध्रुवकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*