नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने

खबरपथ संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार २२:३९

काठमाडौं। धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।

त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ ।

महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*