आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने
खबरपथ संवाददाता
१ असार २०७९, बुधबार ०९:०४
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको उद्घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।
वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
२००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।



















