राज्यमन्त्री विमला वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य जाँचबुझका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेका छ । बुधबार दिउसो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताउनुभयो ।
मन्त्री परिषदले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृतका पेशका लागि स्वीकृत प्रदान गर्ने, प्रदेश सरकार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निणर्य गरेको छ ।



















