भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्विकृतिको लागि काठमाडौं धाउन नपर्ने

खबरपथ संवाददाता
१ असार २०७९, बुधबार १९:४९

भैरहवा  । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । यो संगै श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनु पर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सुचारु गरेका छन् । भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको मन्त्री श्रेष्ठले बताए ।

उनले भने– “विदेश जाने व्यक्तिलाई सिप सिकाउनको लागि आगामी बजेट मार्फत सातै प्रदेशमा सिप मुलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै वैदेसिक रोजगारीको बहानामा ठगि गर्ने कोही कसैलाई छुट हुँदैन ।”

भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेसिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे ।

कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले बताए ।

प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । देसमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारवाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेसिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलीयाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गरे ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरि रहेको छ । छिटै नै अन्य देसका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ ।

कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठ भुजा पाठक, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*