बुटवलमा भाेलिदेखि हुने चिया प्रदर्शनीको तयारी पूरा

खबरपथ संवाददाता
२ असार २०७९, बिहीबार २३:५३

बुटवल  । स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ भोली देखि  बुटवलमा हुने चिया प्रदर्शनीको तयारी पूरा भएको छ । नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिन प्रदर्शनी राखिएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो।

स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उदेश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक डा बिष्णुप्रसाद भट्टराइले बताउनुभयो ।

प्रदर्शनी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा हुने छ । पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी आयोजनामा नेपालको चियाका मुख्य जिल्लाहरू झापा,इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुने उहाले बताउनुभयो ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स, टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्य सहभागिता रहने बताइएको छ ।प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निः शुल्क स्वाद लिन समेत पाइने छ ।

प्रदर्शनीमा २५ स्टल रहनेछन् भने १ सय भन्दा बढि चिया ब्यबसायीको सहभागिता रहनेछ । प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*