बुटवल-पाल्पा सडकमा टिपर चलाउन रोक

खबरपथ संवाददाता
३ असार २०७९, शुक्रबार ००:०५

पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।

डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

यो सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । बुटवल पाल्पा सडक वर्षाको समयमा पहिरोले दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*