चार किलोमा पुन : पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुन: सडक अवरुद्ध बनेको छ ।



















